January 1, 2020
कनकाई बहुमुखी क्याम्पस सुरुंगामा बिधार्थी भर्ना सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम
कनकाई बहुमुखी क्याम्पस सुरुंगामा स्नातक प्रथम वर्षको बिधार्थी भर्ना सम्बन्धि विभिन्न सरोकारवाला बीच आज एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
भर्नादर अभिवृद्धि गरौ, शैक्षिक गुणस्तर बढाऊ भन्ने मूल नाराका साथ संचालित अन्तरक्रियात्मक कार्यक्रममा संचालक समिति सदस्य, लेखा समिति सदस्य, क्याम्पस प्रसाशन, प्राध्यापक, बिधार्थी र कनकाई नगरपालिकामा संचालित विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित सबैले कनकाई बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पस भएकोले यसको समृद्धिमा सम्पूर्ण समुदायको बिशेष दायित्व रहने हुँदा सबैले यस सस्थालाई नमुना क्याम्पसको रुपमा बिकसित गर्न आआफ्नो ठाउमा बाट लाग्नु पर्नेमा जोड दिएका थिए । समुदाय परिचालित भए मात्र सामुदायिक संस्थाले आफ्नो अस्तित्व पाउने भएकोले यस बिषयमा सबैले चासो र चिन्ता राख्नु पर्ने कुरामा अधिकांश बक्ताहरुको जोड थियो ।
क्याम्पसले बिधार्थी भर्ना अभियानलाई प्रभाबकारी बनाउन गरिएको यस प्रकारको नौलो अभ्यासलाई उपस्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरुले खुलेर प्रसंशा गर्दै उक्त अभियानलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्ता समेत ब्यक्त गर्नुभयो ।
भर्ना अभियानलाई सफल बनाउन भर्ना सहजीकरण समितिले गरेको निर्यणलाई कार्यक्रममा ब्यक्त गर्दै उक्त समितिका संयोजक उप-प्राध्यापक हरिप्रसाद तिम्सिनाले एक जनप्रतिनिधी एक नया बिधार्थी, एक क्याम्पस संचालक समिति सदस्य एक नया बिधार्थी, एक क्याम्पस सभा सदस्य २ नया बिधार्थी, एक प्राध्यापक एक नया बिधार्थी, एक बिधार्थी संगठन पांच नया बिधार्थीको दरमा नया बिधार्थीको खोजीमा लाग्न सबैलाई आग्रह गरिने बताउनुभयो । साथै कनकाई नगरपालिका भित्र अवस्थित विभिन्न संघसस्थाहरुलाई समेत भर्ना अभियानमा सहजीकरण गरिदिन पत्राचार गरिसकेको कुरा सहजीकरण समितिका संयोजक तिम्सिनाले बताउनुभयो ।
अन्त्यमा अन्तरक्रियात्मक कार्यक्रममा उठेका जिज्ञासा एवं प्रश्नहरुको जवाफ दिदै क्याम्पस प्रमुख विकाशप्रसाद उप्रेतीले सम्पूर्ण क्याम्पसको टिम ‘हाम्रो क्याम्पस राम्रो कनकाई क्याम्पस’ बनाउने अभियानमा अघि बढिसकेकोले बिगतका कमि कमजोरीलाई सच्चाउदै अबका दिनमा क्याम्पसलाई समृद्धिको दिशा तर्फ डोर्याउदै नतिजा केन्द्रित नियमित पठनपाठन र गुणस्तरीय शिक्षामा जोड दिने कुरा ब्यक्त गर्नुभयो ।
https://www.facebook.com/kanakaimultiplecampus/photos/pcb.483159122483040/483158869149732/?type=3&theater